२०८३ बैशाख १९ गते , शनिबार

कतारमा एक लाख तलबको प्रलोभन देखाई ठगी गर्ने तामाङ पक्राउ

sajilo news
झापा
२०८० पौष ६ गते , शुक्रबार
कतारमा एक लाख तलबको प्रलोभन देखाई ठगी गर्ने तामाङ पक्राउ

कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकका ३१ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको हो।

उनले कतारमा एक लाख तलब हुन्छ भन्दै शुक्रबहादुर तामाङसँग पटक-पटक गरी ५ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए। रकम लिएर फरार भएपछि पीडित शुक्रबहादुरले प्रहरीमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई काठमाडौंको माकलबारीबाट पक्राउ गरेको थियो। थप अनुसन्धानका उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।

सम्बन्धित समाचार