२०८३ बैशाख १९ गते , शनिबार

बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना

sajilo news
झापा
२०८० पौष ५ गते , विहीबार
बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना

बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । 

साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सहसचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका छन् ।

प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । सभामा सहसचिव तीर्थ तिम्सिनाले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।

सभामा वडा अध्यक्ष वाग्ले, बुद्धशान्तिका अग्रज पत्रकार उमाकान्त खनाल, टंक काफ्ले ‘विकल्प’ र गङ्गाराम गड्तौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार