२०८३ बैशाख ११ गते , शुक्रबार

चार युवाले खोले भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस

sajilo news
झापा
२०८० पौष १ गते , आईतबार
चार युवाले खोले भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस

भद्रपुर । भद्रपुरमा पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको छ ।  युवा व्यवसायीहरू सुविन खडका, विनेश शर्मा, शंकर पन्त र मनोज कार्कीको संयुक्त लगानीमा भद्रपुर–५ स्थित बसपार्क नजिकै शुक्रबारबाट पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएको हो । 

ओझेलसँगै खस्किँदै गएको सीमावर्ती भद्रपुर बजारमा पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा ल्याउनु चुनौती भएपनि भद्रपुरमै केही गर्ने उद्देश्य यसैमा हामीले लगानी गरेको हाउसका सञ्चालक सुविन खड्काले बताए ।

सदरमुकाम आसपासमा पिज्जा एन्ड बर्गर हाउस नहुँदा यस क्षेत्रका बासिन्दा बिर्तामोडलगायत अन्य शहर धाउनु पर्ने अवस्था थियो ।त्यसलाई मध्यनजर गरी भद्रपुरमै पिज्जा एन्ड बर्गर हाउसमा सञ्चालनमा ल्याएको उनको भनाई । ‘पिज्जा र बर्गरसहित दर्जनौँ प्रकार खानेकुरा यहाँ पाइन्छ,’ उनले भने, ‘हामीले चर्को मुल्य तोकेका छैनौँ, बजारको चलनचल्ती मुल्य नै तोकेका छौँ, कि सामान्य परिवारसमेत यहाँ आउन सकनु ।’  'यहाँको व्यापार व्यवसायी अन्यत्र सर्दै गएको छ, त्यसलाई टिकाउन पनि यस हाउसले महत्वपूर्ण भूमिका खेल्ने छ,' उनले थपे ।

पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा आएसँगै आठ जनाले प्रत्यक्ष रोजगारी पाएको हाउसका अर्को सञ्चालक शंकर पन्तले बताए । यस व्यवसायलाई नगरकै गहनाको रुपमा हामी व्यवस्थित गर्न लागि परेको उनको भनाई छ । 

सम्बन्धित समाचार