२०८० मंसीर २३ गते , शनिबार

सर्वोच्च अदालतले सरकारसँग सोध्यो टिकटक बन्द गर्नुपर्ने कारण

sajilo news
काठमाडौं
२०८० मंसीर ५ गते , मंगलबार
सर्वोच्च अदालतले सरकारसँग सोध्यो टिकटक बन्द गर्नुपर्ने कारण

सर्वोच्च अदालतले सरकारसँग टिकटक बन्द गर्नुपर्ने कारण सोधेको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति कारण देखाउ आदेश जारी गरेको हो।

आदेशमा मंसिर १५ गतेभित्रमा कारणसहित लिखित जवाफ माग गरिएको छ भने यसको सुनुवाई मंसिर १९ गतेबाट हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ता गराएका थिए। सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी थिइन्।

सम्बन्धित समाचार