२०८३ बैशाख ७ गते , सोमबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी 

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी 

भद्रपुर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले झापाको दमक नगरपालिका निवासी मृतक प्रकाश भण्डारीका श्रीमती मिना कुमारी पुरीलाई ४ लाख २५ हजार ६ सय मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

भण्डारी दमक नगरपालिकाका कर्मचारी थिए । उनले ४ लाख बराबरको बिमा गराएका थिए । मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण कार्यक्रममा भद्रपुर शाखा प्रमुख भूपाल घिमिरे, बिर्तामोड शाखा प्रमुख नीरप्रसाद अधिकारी, एमडिआरटि तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी, दमक नगरपालिकाका लेखा अधिकृत देवीप्रसाद कोइराला लगायतको उपस्थितिमा रहेको थियो । 

सम्बन्धित समाचार