२०८३ जेष्ठ १ गते , शुक्रबार
साइवर क्राइम मुद्दा लागेपछि बाल सञ्जालका सचिव निलम्बन
झापा जिल्ला बाल सञ्जालका सचिव विनोद थापा निलम्बनमा परेका छन् । झापा जिल्ला बाल सञ्जाल अध्यक्ष अभिषेक मिश्रले विज्ञप्ति जारी गर्दै थापालाई निलम्बन गरिएको बताएका हुन् ।
थापालाई साइवर क्राइम सम्बन्धी मुद्दा परेको र उनी उपर अनुसन्धान भइरहेको छ । अनुसन्धान र कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । यता कार्यवाहक जिम्मेवारी शीतल अधिकारीलाई प्रदान गरिएको बताइएको छ ।