२०८३ बैशाख ३० गते , बुधबार

झापामा बिजुलीको ट्रान्सफर्मर चोरी

sajilo news
झापा
२०८० कार्तिक २८ गते , मंगलबार
झापामा बिजुलीको ट्रान्सफर्मर चोरी

कनकाई नगरपालिका- ५ को चप्रामारी भगवती स्कुल पूर्वपट्टि गएराति बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । एक सय केभीको सो ट्रान्सफर्मरबाट स्थानीय किसानले सिँचाइ गर्दै आएका थिए । सिँचाइका लागि दिइएको सय केभीको ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरण अनार मनि वितरण केन्द्रका इन्जिनियर विभव पौडेलले बताए ।

उनले पहिलो पटक ट्रान्सफर्मर चोरी भएको जानकारी दिए । सो ट्रान्सफर्मरको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने जनाइएको छ । त्यस क्षेत्रमा विगत केही समय अगाडिदेखि मोटरहरू हराउँदै आएको स्थानीय दिलु उप्रेतीले बताए । घटनाबारे प्रहरीलाई जानकारी गराइएको इन्जिनियर पौडेलले बताए ।

सम्बन्धित समाचार