२०८३ बैशाख ३० गते , बुधबार

झापामा बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ

sajilo news
झापा
२०८० कार्तिक २५ गते , शनिबार
झापामा बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ

बैङ्किङ कसुर मुद्दामा फरार झापाका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तेह्रथुम साबिक चुहानडाँडा गाविस वडा नं.१ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय शम्सेर कन्दङ्वा र मेचीनगर नगरपालिका वडा नं १० बस्ने ३७ वर्षीया जुनु तिम्सिना रहेका छन् । फरार रहेका दुवैलाई शुक्रवार पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ असोज ५ गतेको फैसला अनुसार कन्दङ्वालाई ७ दिन कैद , रु.७ लाख ५० हजार जरिवाना र रु. ३० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । त्यस्तै उच्च अदालत विराटनगर, इलाम इजलासको २०८० जेठ ३१ गतेको फैसला अनुसार तिम्सिनालाई ५ दिन कैद , रु.५ लाख जरिवाना र रु. २०हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो ।

सम्बन्धित समाचार