२०८३ बैशाख ३० गते , बुधबार
हल्दिबारीको मन्दिरभित्र रहेको दान पेटिकाबाट रकम चोरी
झापाको हल्दिबारी-४ स्थित श्री सिद्धकाली मन्दिरको दान पेटिकाबाट रकम चोरी भएको छ । बुधबार राती दान पेटिका चोरी भएको श्री सिद्धकाली मन्दिरका पुजारी रगुनाथ निरौलाले जानकारी दिए । मन्दिर भित्र रहेको दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको हो । गेटमा फलामे ताला लगाइएको थियो । उक्त ताला फुटाएर दान पेटिकाबाट रकम चोरी भएको पुजारी निरौलाले बताए । दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन । त्यहाँ करिब १० हजार भेटी रहेको अनुमान मन्दिर समितिले गरेको छ । यस घटनाको अनुसन्धान भइरहेको जलथल प्रहरीले जनाएको छ।