२०८३ बैशाख ३० गते , बुधबार

झापामा चार जना चोर पक्राउ

sajilo news
झापा
२०८० कार्तिक २२ गते , बुधबार
झापामा चार जना चोर पक्राउ

झापाको कनकाई नगरपालिका- ३ र ७ बाट चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।  मंगलवार झापाको कनकाई नगरपालिका- ३ बाट स्थानीय टप्पुको एक घरमा राखिएको टायल्स चोरी गर्ने २ जना स्थानीय २२ वर्षीय सलिम आलम र ३० वर्षीय विमल पाठक तथा कुखुरा चोरी गर्ने इलाम माई नगरपालिका ८ घर भएका २९ वर्षीय निस्तेमा शेर्पा तथा पसलको तौलिने ढक तराजु चोरी गर्ने शिवसताक्षी नगरपालिका १० का २४ वर्षीय धिरज साहलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो । चोरी कार्यमा संलग्नहरुलाई पक्राउ पछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताए । 

 

सम्बन्धित समाचार