२०८३ असार १२ गते , शुक्रबार
डोटीमा जीप दुर्घटना चारको मृत्यु, ५ जना घाइते
डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, छोरी ८ महिनाकी प्रार्थना मलाल, ३२ वर्षीया धनशोभा बुढा र छोरा ६ वर्षीय छोरा कविन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो। बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जीप सडकबाट ५०र६० मिटर तल खसेको प्रहरी उपरीक्षक विष्णुहरि कोइराललाले जानकारी दिए।
जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको कोइरालाले बताए।