२०८१ फाल्गुन ४ गते , आईतबार

अमिताभ बच्चन विज्ञापनका कारण विवादमा

sajilo news
एजेन्सी
२०८० कार्तिक १६ गते , विहीबार
अमिताभ बच्चन विज्ञापनका कारण विवादमा

बलिउड अभिनेता अमिताभ बच्चन एउटा विज्ञापनका कारण विवादमा तानिएका छन । उनले उक्त विज्ञापन अनलाइन रिटेल पोर्टल फ्लिपकार्टका लागि गरेका थिए ।

उक्त विज्ञापनमा अमिताभले ‘यो सेलमा स्पेशल मोबाइल फोन डील्स तथा यस्ता अफरहरु पाइनेछ, जुन रिटेल स्टोरमा उपलब्ध छैन’ भन्नु नै भारी परेको छ ।

स्मार्टफोनका रिटेलरहरुले अमिताभ बच्चनको उक्त विज्ञापनको आलोचना गरेका छन् । यस बारेमा अमिताभविरुद्ध गुनासो पनि दर्ता गराएका छन् । स्मार्टफोन रिटेलरहरुले विज्ञापनले खरिदकर्तालाई झुक्याएको आरोप लगाएका छन् । अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएशनले यस बारेमा स्मार्टफोन ब्राण्डलाई एउटा चिठ्ठि लेखेको छ । अमिताभको विज्ञापनमा विवाद भएपछि कम्पनीले आफ्नो यूट्यूब च्यानलमा उक्त विज्ञापनलाई प्राइभेट गरेको छ । 

सम्बन्धित समाचार