२०८१ फाल्गुन ४ गते , आईतबार

फिल्म ‘कबड्डी ४’ युट्युवमा रिलिज

sajilo news
झापा
२०८० कार्तिक १५ गते , बुधबार
फिल्म ‘कबड्डी ४’ युट्युवमा रिलिज

व्यापारिक रुपमा निकै नै सफल मानिएको फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । बासुरी फिल्मस्ले आज आफ्नै युट्युब च्यानलमा यो फिल्म रिलिज गरेको हो ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले हलबाट मात्र २२ करोडको् ग्रस कलेक्शन गरेको थियो । विदेशी बजारबाट पनि यो फिल्म निकै नै राम्रो कमाई गरेको थियो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङले ‘कबड्डी ४’लाई यो सिरिजको अन्तिम भनेका थिए । तर, अब उनी नयाँ कथामा ‘कबड्डी ५’ बनाउने तयारीमा समेत छन् ।
 

सम्बन्धित समाचार