२०८३ बैशाख ३० गते , बुधबार
एक करोड जरिवाना तोकिएका झापाका फुयल पक्राउ
झापा । झापामा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयल पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि आजै उनलाई झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७९ चैत ८ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा फुयललाई १ महिना कैद र १ करोड जरिवाना तथा रु।४ लाख पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । फैसला भई उनी फरार रहेका थिए ।