२०८३ जेष्ठ १० गते , आईतबार

पापाङ्कुशा एकादशी आज

sajilo news
झापा
२०८० कार्तिक ८ गते , बुधबार
पापाङ्कुशा एकादशी आज

सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ।  चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को।   सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ। वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (चना, केराउ, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्। वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिक (मल) मास परेको वर्ष दुई  एकादशी थपिन्छन्। 

सम्बन्धित समाचार