२०८३ बैशाख ११ गते , शुक्रबार

बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा 

sajilo news
झापा
२०८० कार्तिक ८ गते , बुधबार
बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा 

विश्वकप २०२३ को २३ औं खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनले पराजित गरेको छ। टोलीको तर्फबाट क्विन्टन डी ककले १७४ रनको इनिङ खेले भने बंगलादेशका महमुदुल्लाहले शतक प्रहार गरे। दुवै खेलाडीले विश्वकपमा तेस्रो शतक प्रहार गरेका छन्।

बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। उक्त टोलीले ४ खेल मात्र जितेको न्यूजिल्याण्डको टोलीलाई तेस्रो स्थानमा धकेल्यो। दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण दक्षिण अफ्रिका अगाडि छ।

मंगलबार मुम्बईको वानखेडे मैदानमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाएको थियो। जवाफमा बंगलादेशले ४६।४ ओभरमा २३३ रन मात्रै बनाउन सकेन।

ओपनर क्विन्टन डी कक बाहेक अफ्रिकी टोलीका तर्फबाट कप्तान एडेन मार्करामले ६० र हेनरिक क्लासेनले ९० इनिङ खेलेका थिए। जबकि डेभिड मिलरले १५ बलमा अविजित ३४ रन बनाए। बलिङतर्फ मार्को जान्सन, कागिसो रबाडा र जेराल्ड कुटीजले समान २–२ विकेट लिए।

सम्बन्धित समाचार