२०८३ बैशाख ११ गते , शुक्रबार

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २२९ रनले हरायो

sajilo news
झापा
२०८० कार्तिक ५ गते , आईतबार
दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २२९ रनले हरायो

आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दुई सय २९ रनले पराजित गरेको छ। दक्षिण अफ्रिकाले दिएको चार सय रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा एक सय ७० रन बनाएर अलआउट भयो।  त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो।

६७ बलमा एक सय नौ रनको शतकीय पारी खेल्ने दक्षिण अफ्रिकाका हेनरिक क्लासेन प्लेयर अफ द म्याच घोषित भए। दक्षिण अफ्रिकाको अर्को खेल मङ्गलवार बङ्लादेशसँग मुम्बईमा हुनेछ भने इङ्ल्यान्डको अर्को खेल बिहीवार श्रीलङ्कासँग बेङ्लोरमा हुनेछ।

यसैबीच आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ। हिजो भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो। प्रतियोगिता अन्तरगत आज न्युजिल्याण्ड र भारतबीच खेल हुनेछ। 

सम्बन्धित समाचार