२०८० मंसीर १८ गते , सोमबार

‘दिमाग खराब’को टिकटक तथा युट्युब भिडियो बनाउनेलाई डेढ लाखसम्म पुरस्कार

sajilo news
झापा
२०८० कार्तिक १ गते , बुधबार
‘दिमाग खराब’को टिकटक तथा युट्युब भिडियो बनाउनेलाई डेढ लाखसम्म पुरस्कार

चलचित्र ‘दिमाग खराब’ले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा युट्युब भिडियो बनाउनेलाई क्रमशः ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको हो । यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्युब भिडियोका लागि छुट्याइएको छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा युट्युबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ । उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्र्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको स्वर छ । गीतको भिडियोलाई शेखर घर्तीमगरले कोरियोग्राफी गरेका हुन् । कात्तिक २४ गतेदेखि सिनेमाघरमा आउने निश्चल बस्नेत निर्देशित यो चलचित्र आर्ट तथा ब्ल्याक हर्स सिनेमाको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलियालगायत कलाकारको अभिनय छ । आकाश बरालले लेखेको यो चलचित्रमा सुशन प्रजापतीको छायांकन र निमेश श्रेष्ठको सम्पादन छ ।

सम्बन्धित समाचार