२०८३ बैशाख २ गते , बुधबार

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो

sajilo news
झापा
२०८० कार्तिक १ गते , बुधबार
विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट २०२३ मा मंगलबार अर्को अप्रत्याशित नतिजा निकालेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्यान्ड्सले उपाधिको बलियो दाबेदार रहेको दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

जितका लागि २ सय ४६ रन पछ्याएको दक्षिण अफ्रिका ४२।५ ओभरमा २ सय ७ रन बनाएर अलआउट भयो । प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो ।

सुरुवाती दुई खेलमा लगातार जित निकालेर उत्कृष्ट सुरुवात गरेको दक्षिण अफ्रिका भने तेस्रो प्रतिस्पर्धात्मक स्तब्ध रह्यो । दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सर्वाधिक ४३ रन बनाए । एकपल्ट जीवनदान पाएका मिलरले निर्णायक खेल भने प्रदर्शन गर्न सकेनन् । हेनरिक क्लार्सनले २८ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४३ ओभरमा आठ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । उसको सुरुवात भने राम्रो रहेन र ५० रन बनाउँदासम्म चार विकेट गुमाइसकेको थियो । लगतै स्थिति ८२ रनमा पाँच विकेट गुमाएको थियो । त्यसयता कप्तान स्कट एडवार्डले आफ्नो खेल जीवनकै उत्कृष्ट इनिङ्स खेले ।

उनले ६९ बलमा ७८ रन बनाए र नटआउट पनि रहे । उनले १० चौका र एक छक्का प्रहार गरे । उनलाई सुरुमा २९ रन बनाएका रोलोफ भान डे मेरवेले बलियो साथ दिए । पछि आर्यन दत्तले नौ बलमा २३ रन बनाए । उनी पनि नटआउट रहे र यसक्रममा तीन छक्का प्रहार गरेका थिए । खेलको सुरुवात वर्षाले प्रभावित भएपछि प्रतिस्पर्धा ४७ ओभरको छोट्याइएको थियो ।

सम्बन्धित समाचार