२०८३ बैशाख ३० गते , बुधबार
जुत्तामा लुकाएर ल्याएको खैरो हिरोइनसहित एक जना काँकडभिट्टामा पक्राउ
झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ घर भई बिर्तामोड–२ मा डेरा गरी बस्दै आएका ३९ वर्षीय विशाल पाण्डे रहेका छन् ।
भारतबाट स्कुटर चढेर आउँदै गरेका पाण्डेले जुत्तामा लुकाएर १० ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन लिएर आएको प्रहरी स्रोतले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।