२०८३ बैशाख ९ गते , बुधबार

धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनलमा

sajilo news
झापा
२०८० आश्विन १५ गते , सोमबार
धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनलमा

सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समीरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्त्वना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरूको बाहुल्यता रहेको थियो ।
प्रतियोगिताको दोस्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीन धारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ ( असोज २८) गते सम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार ) प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षहरू देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । 

सम्बन्धित समाचार