२०८० मंसीर २३ गते , शनिबार

बिर्तामोड भाट्भटेनीलाई जनताको उत्साहजनक साथ, छुट यथावत् 

sajilo news
झापा
२०८० आश्विन ६ गते , शनिबार
बिर्तामोड भाट्भटेनीलाई जनताको उत्साहजनक साथ, छुट यथावत् 

आफ्नो २६ औं स्टोर का रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा यही असोज ४ गते बाट सञ्चालनमा आएको  भाटभटेनी सुपर स्टोर लाई झापालि उपभोक्ता को उत्साहजनक साथ मिलेको छ ।  समुद्घाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो  उपस्थिति पाएको भाट्भटेनीले आज तेस्रो दिनमा पनि सपिङ का लागि आउने  उपभोक्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ । 

झापालि जनताको उत्साहजनक साथ पाएको भाट्भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण आदरणीय ग्राहक महानुभाव हरूले स्टोर प्रति देखाउनु भयेको माया तथा विश्वासका लागि हृदय देखिनै कृतज्ञता तथा आभार व्यक्त गर्दै भाटभटेनी परिवार गौरवान्वित भयेको जनाएको छ ।  बिर्तामोड लगायत आमझापाली उपभोक्ताहरूको उत्साहजनक उपस्थिति लाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरूमा प्रदान गरेको १०५ तथा इलेकट्रोनिक्सका सामानहरूमा प्रदान गरेको २०५ सम्मका छुटको सुविधाहरू अर्को सूचना नआउँदा सम्मका लागि यथावतै रहने जानकारी गराएको छ ।

साथै आगामी दिनहरूमा समेत आम उपभोक्ता हरुको यस्तै साथ, विश्वास र हौसलाको अपेक्षा रहने जनाएको छ ।  १५ कट्ठा  क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ स्पेस सहित सञ्चलनमा आएको यो स्टोरमा २ अर्ब बढी लगानी भएको जनाइएको  छ यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्ला को पहिलो हो । यस अघि कोशी प्रदेशको  धरान, बिराट्नगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ ।

सम्बन्धित समाचार