२०८३ बैशाख १५ गते , मंगलबार
लेखापढी सहकारीको अध्यक्षमा थापा निर्विरोध निर्वाचित
भद्रपुर । भद्रपुरस्थित लेखापढी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पाँचौँ अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ समिति गठन भएका हुन् ।'
संस्थाको उपाध्यक्षमा महेश न्यौपाने, सचिव हेमराज खतिवडा, सहसचिव छविलाल घिमिरे र कोषाध्यक्ष खगेन्द्र तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रमेश भट्टराई , निर्मला आचार्य खनाल, चन्द्रप्रसाद लम्साल र अनिल अधिकारी रहेका छ । लेखा समिति संयोजकमा महेश भट्टराई सदस्यहरूमा टिकाराम अधिकारी (टिकेन्द्र) र भानुभक्त अधिकारी चयन भएका छन् ।
११ सदस्यीय कार्य समितिमा नौ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई जना सदस्य लेखापढी इकाई समितिबाट पदेन रहने व्यवस्था रहेको जनाइएको छ ।