२०८० आश्विन ९ गते , मंगलबार
चीनमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु

काठमाडौँ । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ ।आइतबारबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आइतबारबाट शुरु भएको हो । प्रतियोगिता चार दिनसम्म चल्नेछ । जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागिता जनाउनेछन् । माछा मार्नु रमाइलोका साथै स्वास्थ्यका लागि राम्रो भएको बताइएको छ ।