२०८३ श्रावण ३० गते , शनिबार
आइपीएलः उपाधिका लागि आज आरसीबी र गुजरात भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ। फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७:४५ मा सुरु हुँदैछ। यो खेल अहमदाबाद मैदानमा हुनेछ। पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो। दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो।
आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो।
आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ भने जिटी पहिलो क्वाफिायरका बदला लिँदै उपाधि उचाल्ने दाउमा छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा