२०८० आश्विन ९ गते , मंगलबार

गौरीगञ्ज र मेचीनगरबाट अवैध सामान बरामद

sajilo news
झापा
२०८० भाद्र २८ गते , विहीबार
गौरीगञ्ज र मेचीनगरबाट अवैध सामान बरामद

झापा प्रहरीले गौरीगञ्ज र मेचीनगरबाट अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको करिब १ लाख १० हजार एक सय रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीबार गौरीगञ्ज गाउँपालिका–६ स्थित देविगञ्जमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ५० केजी धनिया बरामद गरेको छ । धनियाको मुल्य १० हजार रहेको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भन्सार छलेर लुकाइछिपाई ल्याउँदै गरेको ढोकाको छिड्किन, ढोकाको हेण्डल, कलको वासर, कलको जिब्री र धाराको एङगल बरामद गरेको छ ।

बरामद गरिएको समानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार