२०८३ बैशाख ३१ गते , विहीबार

झापामा बलात्कार प्रयास गरेको आरोपमा एक दन्त चिकित्सक पक्राउ

sajilo news
झापा
२०८० भाद्र २८ गते , विहीबार
झापामा बलात्कार प्रयास गरेको आरोपमा एक दन्त चिकित्सक पक्राउ

झापाको दमकमा एक दन्त चिकित्सक जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।दमक ९ घर भई हाल दमक ६ स्थित सूर्योदय दमक डेन्टल सञ्चालन गरिआएका डा. नवनीतकुमार झा पक्राउ परेका हुन् । उनले आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ ।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डा. झालाई भदौ २१ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको छ । सो मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको बताए ।यता आरोपी झाले भने आफूले ती महिलामाथि जबरजस्ती करणीको प्रयास नगरेको जिकिर गरिआएका छन् ।

सम्बन्धित समाचार