२०८३ बैशाख ३१ गते , विहीबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोलीले शिवसतासी नगरपालिका-३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भीम प्रसाद तुम्बाहाम्फेलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई चेकजाँच गर्दा १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।