२०८० आश्विन ९ गते , मंगलबार

भारतमा आतंकवादी हमलामा ३ सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र २८ गते , विहीबार
भारतमा आतंकवादी हमलामा ३ सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु

भारतको जम्मु–कश्मिर स्थित अनन्तनाग जिल्लामा आतंकवादी समूहसँगको झडपमा तीन सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु भएको छ। एक सैन्य जवान बेपत्ता भएका छन् । मृत्यु हुनेमा सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धोनैक र कश्मीर प्रहरीका नायब उपरीक्षक हुयायु भट्ट छन्।

आक्रमणको जिम्मा लस्कर–ए तोएबासँग आबद्ध प्रतिबन्धित समूह रेजिस्टेन्ट फ्रन्टले लिएको भारतीय अधिकारीहरुले जनाएका छन्। यो समूहले गत अगस्ट महिनामा गुलगाम जिल्लामा गरेको आक्रमणमा तीन सैनिक मारिएका थिए।

यसअघि मंगलबार राजौरी जिल्लामा भएको कारबाहीका क्रममा दुई आतंककारी र एक सैनिकको मृत्यु भएको थियो। भारतीय समाचार एजेन्सीहरुका अनुसार पछिल्लो तीन वर्षमा आतंककारी समूहबाट भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

सम्बन्धित समाचार