२०८३ बैशाख ३१ गते , विहीबार

अल्बानिया पठाइदिने भन्दै २ लाख ७२ हजार ठगी गरेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ

sajilo news
झापा
२०८० भाद्र २७ गते , बुधबार
अल्बानिया पठाइदिने भन्दै २ लाख ७२ हजार ठगी गरेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ

झापा । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी छिन् । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौँको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार