२०८३ बैशाख ३१ गते , विहीबार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक पक्राउ

sajilo news
झापा
२०८० भाद्र २० गते , बुधबार
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक पक्राउ

नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए । घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

सम्बन्धित समाचार