२०८० मंसीर २० गते , बुधबार

श्रीकृष्ण जन्माष्टमी : भद्रपुरको लक्ष्मीनारायण मन्दिरमा यस्तो छ तयारी (हेरौं तस्बिरमा) 

sajilo news
पार्थ मण्डल
२०८० भाद्र २० गते , बुधबार
श्रीकृष्ण जन्माष्टमी : भद्रपुरको लक्ष्मीनारायण मन्दिरमा यस्तो छ तयारी (हेरौं तस्बिरमा) 

भद्रपुर । आज श्रीकृष्ण जन्माष्टमी । जन्माष्टमीको साँझ भद्रपुर- ५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा लाग्दै आएको धार्मिक उत्सवको तयारी पूरा भएको छ ।  श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिले लक्ष्मीनारायण मन्दिरलाई बेहुली झैँ सिँगारेको छ । मन्दिरभित्र विभिन्न देवीदेवताको भेसभुसामा बालबालिकालाई राखेर प्रदर्शन गरिने स्थान पनि तयार भइसकेको छ । मन्दिर अगाडी विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्नुका साथै ठाउँमा-ठाउँमा सेल्फी जोन समेत राखिएको छ। 

मन्दिरमा भिडभाड नियन्त्रणका लागि एकद्धार प्रणाली लागु गरिएको छ । मन्दिर अगाडिको सडकमा बिजुली बत्तीले झिलिमिली बनाइएको छ । मन्दिरको प्रवेशद्वारमा भक्तजनहरूको माथि गुलाब जल झर्ने झरना समेत लगाइएको छ । आज साँझ ६ बजेदेखि राती १२ बजेसम्म भद्रपुरमा सयौँ भक्तजनहरू आउने गरेकोले यसलाई धार्मिक उत्सवको रुपमा मनाइँदै आएको समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए । 

सम्बन्धित समाचार