२०८३ बैशाख ३१ गते , विहीबार

२५ हजार घुस लिने विद्युतका कर्मचारी पक्राउ

sajilo news
सुनसरी
२०८० भाद्र २० गते , बुधबार
२५ हजार घुस लिने विद्युतका कर्मचारी पक्राउ

सुनसरीको सदरमुकाम इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले नियन्त्रणमा लिएको छ। 

विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले बताए। मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए।

सम्बन्धित समाचार