२०८१ बैशाख ३ गते , सोमबार

धान मर्न थालेपछि झापाका किसान चिन्तित

sajilo news
झापा
२०८० भाद्र १७ गते , आईतबार
धान मर्न थालेपछि झापाका किसान चिन्तित

झापाको अर्जुनधारा वडा नम्बर ३ का किसानहरूले लगाएको धानबारीमा गवारो रोग लागेपछि यति बेला उनीहरू चिन्तित बनेका छन् । यस वडाको करिब १० जना किसानहरूले लगाएको २० विगाह धान खेतीमा गवारो रोग देखिएको हो ।

रोगले धान पहेँलो भएपछि अब कसरी बाँचिने हो भनी चिन्ता छाएको पीडित किसान दलमान कामीले दुखेसो पोखे । दलमानले लगाएको धान पुरै पहेँलो भएको वडा सचिव खगेन्द्र लिङ्देनले बताए ।

वडामा जानकारी भएअनुसार सञ्चरानी इङ्नाम, युवराज इङ्नाम, पूर्णहाङ इङ्नाम, दलमान कामी, प्रकाश जगुरेल, स्वर्णकुमार राई, होम पाण्डे, होम दुलाल, नरेन्द्र फेगुवा, अमा लिम्बूले लगाएको धानबाली गवारो किराका कारण बिग्रिएको छ । आफ्नो वडामा किसान पीडित भएको खबर आएपछि कृषि शाखाबाट गवारो मार्ने कीटनाशक औषधी ल्याएर वितरण गरेको वडा सदस्य नारायण पराजुलीे बताए ।

अर्जुनधाराका किसानहरू गवारो रोगबाट पीडित भएको विषयमा कृषि शाखा प्रमुख एन्जिला विडारीले वडा नं. ३ मा मात्र होइन सबै वडामा फौजी किरा, गवारो रोगले हैरान पारेको हुँदा शाखाबाट रोग नियन्त्रणका लागि कीटनाशक झोल औषधि वितरण गरिँदै आएको बताइन् । अत्यधिक पानी परेर घाम लागेपछि जमेको पानी तातिएर धानका बोटमा फौजी किरा र गवारो जस्तो रोग लागेको शाखा प्रमुख विडारीले जानकारी दिइन् ।

सम्बन्धित समाचार