२०८३ बैशाख ९ गते , बुधबार

मेची भन्सारबाट निस्किएका पाँच वटा गाडी राजश्वको नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०८० भाद्र १८ गते , सोमबार
मेची भन्सारबाट निस्किएका पाँच वटा गाडी राजश्वको नियन्त्रणमा

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएका पाँच वटा गाडी राजश्वले नियन्त्रणमा लिएको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यसहितको खटिएको टोलीले आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाका विभिन्न स्थानबाट पाँच वटा गाडी नियन्त्रणमा लिएको हो । राजश्वको टोलीले मेची भन्सारबाट निस्किएका गाडीहरू नियन्त्रणमा लिएको बताइएको छ ।

भन्सारबाट निस्किएका गाडीहरूलाई शङ्का लागि नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख आचार्यले बताए । ती गाडीहरू राजश्व कार्यालयमा राखिएको छ । 'भोलि छानबिन गरेपछि मात्र यथार्थ कुरा बाहिर ल्याउन मिल्छ,' उनले भने, 'अहिले नै केही भन्ने अवस्था छैन ।' 

सम्बन्धित समाचार