२०८३ बैशाख ७ गते , सोमबार
ग्यासको मुल्य २३५ रुपैयाँले वृद्धि, पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ। एनओसीले बिहीबार नयाँ मूल्य सूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो।
आज राति १२ बजेपछि मूल्यवृद्धि हुने निगमले जनाएको छ। यससँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।