२०८३ बैशाख ७ गते , सोमबार

पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको विशाल लक्ष्य

sajilo news
झापा
२०८० भाद्र १३ गते , बुधबार
पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको विशाल लक्ष्य

कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटना खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । 

त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए । नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । त्यसपछि बाबर र इफ्तिकार अहमदले विस्फोट ब्याटिङको नमूना प्रस्तुत गर्दै नेपाली बलरलाई पिट्न सुरु गरेका थिए ।

सम्बन्धित समाचार