२०८३ बैशाख ५ गते , शनिबार

एसिया कप : टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

sajilo news
झापा
२०८० भाद्र १३ गते , बुधबार
एसिया कप : टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानले ब्याटिङ गर्ने भएको छ। मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो।

नेपालले पहिलोपटक एसिया कपमा सहभागी हुँदैछ। नेपालले एसिया कपको पहिलो खेल नै एक दिवसीयतर्फ पहिलो नम्बरमा रहेका पाकिस्तानसँग खेल्न लागेको हो।

मंगलबार मुल्तानमा भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्धको खेल प्रतिस्पर्धात्मक बनाउने बताएका थिए। उनले नेपालाका खेलाडीहरू पनि सक्षम रहेको भन्दै खेल प्रतिस्पर्धात्मक बनाउन कुनै कसर बाँकी नराख्ने बताए। 'पाकिस्तानसँग हामीभन्दा धेरै अनुभवी भए पनि हाम्रा खेलाडी पनि सक्षम छन्। हामी योजनाअनुरुप खेल्छौं। खेललाई प्रतिस्पर्धात्मक बनाउँछौं,' उनले भनेका थिए।  

सम्बन्धित समाचार