२०८३ बैशाख ३१ गते , विहीबार
५८ वर्षीया महिलालाई बलात्कार गर्ने २५ वर्षीय युवक पक्राउ
उदयपुरमा एक महिला बलात्कृत भएकी छिन् । ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जयबहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरले आइतबार राति महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।