२०८३ बैशाख ३१ गते , विहीबार

झापामा चोरी तथा डकैती मुद्दाका दुई फरार अभियुक्त पक्राउ

sajilo news
झापा
२०८० भाद्र १२ गते , मंगलबार
झापामा चोरी तथा डकैती मुद्दाका दुई फरार अभियुक्त पक्राउ

झापामा चोरी तथा डकैती गरी फरार दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका- ११ घर भई हाल वडा नम्बर- ७ करुणाबस्ती बस्ने २४ वर्षीय भुन्टे भन्ने बुद्धबहादुर कार्की र सोही ठाउँका २९ वर्षीय शङ्कर राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार दुवैलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतको गत जेठ २१ गतेको फैसला अनुसार चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा उनीहरूलाई जनही ३८ दिन कैद, ८ हजार जरिवाना र ३ सय २० रुपैयाँ प्रतिवादीले पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सम्बन्धित समाचार