२०८३ जेष्ठ १० गते , आईतबार

बिहानी महिला समूहले तीज मिलन कार्यक्रम गर्ने

sajilo news
झापा
२०८० भाद्र १२ गते , मंगलबार
बिहानी महिला समूहले तीज मिलन कार्यक्रम गर्ने

कनकाई । झापाको कनकाई नगरपालिका–१ र ७ स्थित कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा तीज मिलन कार्यक्रम गर्ने भएको छ ।

आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मञ्जु)ले जानकारी दिइन । आगामी २३ गते शनिबार बिहानी क्लबको सभा हलमा कार्यक्रम आयोजना गर्न लागिएको समूहकी सचिव सुरेखा शर्मा घिमिरेले बताइन् । 

तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने बुझिन्छ । तर, तीज चेली–माइतीको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो वेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरूप कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी सल्लाहकार निर्मला बस्नेतले बताइन् ।  तीज कार्यक्रम सम्पन्न गर्न समूहकी उपाध्यक्ष गायत्रा विमली उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सदस्यमा तुलसा थापा, उसा भुजेल मनु, कृष्णमाया ढकाल र बालिका चौहान रहेका छन् ।

पछिल्लो समय चाडपर्वहरू मनाउँदा विदेशी संस्कृति तथा भेसभुसा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेसभुसाको प्रयोग गरी आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि कार्यक्रम आयोजना गर्न लागेको हो ।

वर्षमा एक दिन मात्रै भए पनि माइतीको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भए पनि कार्यक्रम गर्न लागेको संयोजक उप्रेतीको भनाइ छ । अहिले नयाँ नेतृत्वमा चयन भएसँगै समूह सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेको पाइएको छ ।

सम्बन्धित समाचार