२०८३ बैशाख ३१ गते , विहीबार
सहकारीबाट नगद तथा ल्यापटप चोर्ने तीन जना पक्राउ
मोरङको एक सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ र २ थान ल्यापटप चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका- २ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद र ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले धनपालथान गाउँपालिका- १ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका- ७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंहलाई पक्राउ गरेको हो ।
उनीहरूले उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी गरेको घटनाको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।