२०८३ बैशाख ३१ गते , विहीबार

पाँचथरमा नागरिकता किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ 

sajilo news
पाँचथर
२०८० भाद्र ७ गते , विहीबार
पाँचथरमा नागरिकता किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ 

पाँचथरमा नागरिकता किर्ते अभियोग लागेका फरार एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीले मंगलबार फिदिम नागरपालिका- १४ का मेखबहादुर राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरका अनुसार राईविरुद्ध परेको नागरिकता किर्ते मुद्दामा पाँचथर जिल्ला अदालतबाट २०७९ भदौ १६ गते दोषी ठहर भई २० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएको थियो ।

फैसलापछि फरारको सूचीमा रहेका राईलाई मंगलबार फिदिम नगरपालिका १ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको पनि पाँचथर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार