२०८३ बैशाख ३१ गते , विहीबार
मेचीनगरमा ब्राउन सुगरसहित दुई पक्राउ
झापा । प्रतिबन्धित लागू औषधसहित दिनहुँ पक्राउ गर्ने क्रममा प्रहरीले आज पनि दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका हुन् ।
बुधबार दिउँसो ४ बजेको समयमा मेचीनगर नगरपालिका १३ चारआली चौकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१४ बस्ने अन्दाजी २२ वर्षीय अजय राजवंशीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनीसँगै रहेका साथी मेचीनगर नगरपालिका- १२ बस्ने अन्दाजी २२ वर्षीय समीर धिमाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।