२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोडमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ
झापा । झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ३ निवासी ३४ वर्षीय रोशन राजवंशी र सोही ठाउँ २१ वर्षीय रोहित राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड- ३ सैनिकमोडस्थित मेची आँखा अस्पताल छेउमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले सोमबार राती सवा ८ बजेको समयमा उनीहरूमाथि शङ्का लागि चेकजाँच गर्दा ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र नगद ७६ हजार ३१५ रुपैयाँ समेत फेला परेको थियो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनि राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।