२०८३ बैशाख ११ गते , शुक्रबार

स्पेन फिफा महिला विश्वकप च्याम्पियन

sajilo news
एजेन्सी
२०८० भाद्र ३ गते , आईतबार
स्पेन फिफा महिला विश्वकप च्याम्पियन

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। अस्ट्रेलिया स्टेडियम सिड्नीमा आज भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक विश्वकपको उपाधि जितेको हो।

स्पेनको जितमा खेलको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ७० औँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो।

डिबक्स एरियामा इंङ्ल्याण्डका खेलाडीले ह्याण्ड गरेपछि स्पेनकी जेनिफर हर्मोसोले प्रहार गरेको पेनाल्टी इङ्ल्याण्डकी गोलरक्षक मेरी इर्पले रोकेकी थिइन्। महिला विश्वकपको नवौँ संस्करणसम्म आउँदा स्पेनले पहिलो पटक उपाधि उचाल्दै इतिहास बनाएको छ। शनिबार आयोजक अस्ट्रेलियालाई २-० ले पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो ।

सम्बन्धित समाचार