२०८३ बैशाख ३१ गते , विहीबार

कनकाईको एक घरमा चोर्दाचोर्दै दुई जना पक्राउ

sajilo news
झापा
२०८० भाद्र ३ गते , आईतबार
कनकाईको एक घरमा चोर्दाचोर्दै दुई जना पक्राउ

झापाको कनकाईमा एक घरमा चोर्दाचोर्दै दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिकाका- ४ का २३ वर्षीय सरोज आले मगर र सोहीका २५ वर्षीय अशोक आले मगर रहेको प्रहरीले जनाएको छ ।  कनकाई- १ स्थित प्रजापति टोलको एक घरमा राखिएको काठको बटम घरबाट झिकेर चोरी गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले तत्काल घटनास्थलमा पुगेर दुवै जनालाई चोरी गरेको काठ र साइकलसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । पक्राउ गरेका दुवै जना लागु औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरूले चोरी गरेको काठ सुरुङ्गाकै एक काष्ठ फर्निचरमा लगेर विक्री गर्ने बयान प्रहरीलाई दिएका छन । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड लगिएको छ ।

सम्बन्धित समाचार