२०८३ बैशाख ३१ गते , विहीबार

सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

sajilo news
सुनसरी
२०८० भाद्र ३ गते , आईतबार
सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा स्थानीय ३७ वर्षीय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय रामधुनीको प्रहरीको टोलीले ५०० रुपैयाँ दरका ३५ वटा नोट सहित रोशन चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका चौधरीलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाएको उक्त कार्यालयले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।  

सम्बन्धित समाचार