२०८३ बैशाख ५ गते , शनिबार

महिला कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीसहितको टोली भारत प्रस्थान

sajilo news
झापा
२०८० भाद्र ३ गते , आईतबार
महिला कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीसहितको टोली भारत प्रस्थान

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

राष्ट्रिय टोलीलाई मेनुकाकुमारी राजवंशीको कप्तानीमा चीन पठाउन लागिएको हो । राजवंशी यस अघि तीन पटक कबड्डीमा नेसनल च्याम्पियन रहिन् । १२ औं र १३ औं साग खेलमा देशलाई क्रमशः ब्रोन्ज र सिल्भर मेडल दिलाउन सफल भएकी राजवंशी यस पटक कप्तानको रुपमा कबड्डी खेलको टोलीको नेतृत्वमा रहेकी छिन् । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जना कुमारी थारु, जयन्ती बडू, अर्पणा चौधरी, गङ्गा चौधरी, ईसा राई र कलाव पन्त लगायतको नाम सार्वजनिक गरेको हो ।

प्रशिक्षक पार्वती राई र विष्णु दत्त भट्ट रहेका छन् भने व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । खेल पूव तयारीका लागि टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

मोरङ जिल्ला जहदा गाउँपालिका ३ जयरामपुर निवासी बुवा अर्जुनप्रसाद राजवंशी र आमा भुमबतिया देवी राजवंशीकी छोरी मेनुका कुमारी राजवंशी त्रिभुवन आर्मी क्लबमा कार्यरत छिन् । २०७२ सालमा त्रिभुवन आर्मी क्लबमा भर्ना भएकी मेनुका लगातार २ पटक वेस्ट प्लेयर अवार्ड र ३ पटक राष्ट्रिय च्याम्पियन भएकी छिन् भने १२ औं र १३ औं साग खेलमा देशलाई क्रमशः ब्रोन्ज र सिल्भर मेडल दिलाउन सफल भएको उनका दाजु जितेन्द्र राजवंशीले जानकारी दिए ।

सम्बन्धित समाचार