२०८३ जेष्ठ १७ गते , आईतबार

म्यानमारको जेड खानीमा पहिरो, २५ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० श्रावण ३१ गते , बुधबार
म्यानमारको जेड खानीमा पहिरो, २५ जनाको मृत्यु

म्यानमारको कचिन प्रान्तस्थित हप्पाकानको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ। पहिरोमा परि १४ जना बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पहिरोमा परी ज्यान गुमाउनेमा स्थानीय सर्वसाधारण रहेको बताइएको छ। वर्षायाममा खानी सञ्चालनमा रोक लगाइएको भए पनि केही मूल्यवान् वस्तु फेला पार्ने आशामा उनीहरू त्यो स्थानमा पुगेका वेला घटना भएको हो। 

म्यानमारमा जेड खानी आकर्षक व्यवसाय मानिन्छ । तर अनियमित ढङ्गले उद्योग सञ्चालन हुँदा यो स्थानमा वेलावेला पहिरो जाने गरेको छ। यसअघि सन् २०२० पनि यहाँ पहिरोमा पुरिएर १७० जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार